logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने


  • मंगलबार, मंसिर २७ २०७९

  • सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने भएको छ। सोमबार बैंक र टेलिकमबीच सो सम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका हुन्। सो सम्झौतापत्र अनुसार आगामी पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, क्युआर पेमेन्टलगायत अन्य फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

    नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको बैंकले बताएको छ।बैंकको साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरू यस सम्झौताबाट प्रत्यक्ष लाभान्वित हुने बैंकका चिफ बिजनेस भोला बहादुर बिष्टले बताए। हालसम्म ९५ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी करिब ८७ अर्ब ८ करोड ऋण लगानी गरेको सिभिल बैंकले हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय