logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अमेरिकामा मेटाले फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की

अमेरिकामा मेटाले फेसबुकबाट समाचार सामग्री हटाउन दियो धम्की


  • बुधबार, मंसिर २१ २०७९

  • अमेरिकामा मेटाले फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।
    अष्ट्रेलियामा पारित भएको यस्तै कानुनले गत वर्ष छोटो समयका लागि फेसबुकमा समाचार पोस्ट गर्न अस्थायी रुपमा निलम्बन निम्त्याएको थियो ।
    तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ ।
    पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन जीसीपीए भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय