logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

प्रचण्ड निवासमा मातृका र नारायणकाजीबारे गुनासो

प्रचण्ड निवासमा मातृका र नारायणकाजीबारे गुनासो


  • मंगलबार, मंसिर २० २०७९

  • नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरु उनकै निवासमा पुगेका हुन् ।उनीहरुले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए ।उनीहरुले पार्टीको अवस्था कमजोर हुनुमा माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवलाई दोषी देखाएका छन् । श्रेष्ठ र यादवबीचको गुटबन्दीका कारण मधेसमा पार्टीको संगठन नाजुक बनेको उनीहरुको गुनासो थियो ।भेटघाटमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘मधेसको परिणामप्रति कमरेड प्रचण्ड निकै चिन्तित हुनुहुन्थ्यो, यो अवस्था किन आयो भन्ने कुरा पनि उहाँलाई थाहा छ तर भेटमा धेरैथरी मान्छे भएका कारण उहाँले खुलेर बोल्नु भएन । मधेसको संसदीय राजनीति चरम गुटबन्दीकै कारण भएको भन्ने कुरा उहाँको बडी ल्याङ्ग्वेजबाट थाहा हुन्थ्यो ।’

     

    ती नेताका अनुसार मधेस प्रदेशबाट आएका विभिन्न नेताहरुले नारायणकाजी श्रेष्ठ र मातृका यादवको नामै लिएर प्रचण्डसमक्ष गुनासो गरेका थिए । अहिले समानुपातिकमा रहेका नामप्रति पनि उनीहरुको गुनासो थियो ।समानुपातिको बन्द सूचीमा आएका नाम एउटै गुट र एउटै जातीको देखिन्छ । पार्टीमा योगदान दिएका तथा समाजमा राम्रो छवी भएका व्यक्तिभन्दा आआफ्ना गुटका तथा जातीका व्यक्तिलाई समानुपातिकमा राखेको गुनासो ती नेताको थियो ।पार्टीमा नामै नसुनेका व्यक्तिहरुको नाम प्रदेश र संघमा समानुपातिकमा परेको भन्दै उनीहरुले यसमा पार्टीले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । मधेस प्रदेशमा सामानुपातिकको प्राथमिकतामा रहेकामध्ये अधिकांश नारायणकाजी र मातृका गुटका छन् । पार्टीमा योगदान दिएका नेताहरु धेरै पछाडि परेको र गुटबन्दीकै कारण उनीहरुलाई सांसद बनाउन गाह्रो हुँदै गएको नेताहरुको भनाइ थियो ।त्यसको प्रतिक्रियामा अध्यक्ष प्रचण्डले सुरुमा समानुपातिक उम्मेदवार छनौट गर्दा मसिनो गरी ध्यान दिन नसकेका कारण कतिपय ठाउँमा त्रुटि भएको स्वीकार गरेको नेताहरुको भनाइ छ । अब कानुन अनुसार त्यसलाई सच्याउन गाह्रो हुने भए पनि कतै मिलाउने ठाउँ छ भने सक्दो प्रयास गर्ने भनेर प्रचण्डले आश्वासन दिएको भेटमा सहभागी एक नेताले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय