दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले १८ मङ्सिरमा केटाको घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।प्रहरीले उद्धार गरेर उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । शिक्षण अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार उनले ज्यान गुमाइन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएकी पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।