logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?

कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ?


  • आइतबार, मंसिर १८ २०७९

  • निर्वाचन आयोगले छिट्टै निर्वाचन आचारसंहिता फुकुवा गर्ने भएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएपछि आयोगले आचारसंहिता फुकुवा गर्ने भएको हो ।

    मतपरिणाम आएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगका पदाधिकारीको बैठकले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगका सहप्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए ।  हाल काम चलाउ सरकार रहेका कारण दीर्घकालीन प्रभाव पार्ने कुनै महत्वपूर्ण निर्णय नहोस् भनेर आचारसंहिता जारी राखिएको आयोगको भनाई छ । गत असोज १२ गतेदेखि आयोगले लागू गरेको आचारसंहिता अझै कायम रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय