विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् ।राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।