logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लेखक युग पाठक पनि झापा-५ बाट स्वतन्त्र उम्मेदवार

लेखक युग पाठक पनि झापा-५ बाट स्वतन्त्र उम्मेदवार


  • आइतबार, असोज २३ २०७९

  • झापा | लेखक युग पाठकले झापा-५ मा प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुरका पाठकले आफू हुर्के बढेको जिल्ला झापाको ५ नम्बर रोज्नुका पछि एमाले अध्यक्ष केपी ओलीविरूद्धको अभियान भनेका छन्।
    ‘लेखेर र विश्लेषण गरेर मात्रै पुगेन, वैचारिक र राजनीतिक हस्तक्षेप जरूरी भयो। शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गरें’, मनोनयन दर्तापछि उनले भनेका छन्। उर्गेनको घोडा, माङ्गेना लगायत पुस्तकका लेखक पाठक नेपाली समाज यतिबेला वैचारिक संकटमा फसेको र त्यसमा सबभन्दा संकट ल्याउने काम ओलीले गरेको बताउँदै आएका छन्।

    ‘नेपाली समाजलाई यतिबेला पश्चगमनतिर धकेल्न सबभन्दा धेरै प्रयासरत कोही छ भने ओली नै हुन्’, युगले आफ्नो उम्मेदवारीबारे भन्दै आएका छन्, ‘त्यसैले उनीविरूद्ध नै उभिने निर्णयमा पुगेको हुँ।’ झापा ५ बाट एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराइसकेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय