logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’अभियान

डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’अभियान


  • सोमबार, भाद्र २० २०७९

  • पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै  गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका  र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिज जस्ता पानी जम्मा हुने ठाउँमा  सरसफाइ गर्न सुझाव दिइएको छ । कामपाले सोमबार देखि प्रयोगशाला भएका वडामा यापिड डाइग्नोस्टिक परीक्षण  सुरु गर्ने कुरा जनाएको छ । यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।  उक्त अभियान अहिले कामपालेको ३२ वडाबाट सञ्चालन भइरहेको छ । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो l

    डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ । मान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको प्रमुख त्रिपाठीको भनाइ थियो । विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ ।  पछिल्लो समय काठमाडौं उपत्यकासँगै पोखराजस्ता जनघनत्व बढी भएको सहरमा डेंगुका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । उच्च ज्वरो आउने, टाउको दुख्ने  , आँखाको गेडी दुख्ने , ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । जटिल प्रकृतिको डेंगुको सङ्क्रमण भएका बिरामीलाई थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र  खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय