logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हकिन्सको सम्झनामा भावुक बने ग्रोहल

हकिन्सको सम्झनामा भावुक बने ग्रोहल


  • सोमबार, भाद्र २० २०७९

  • ड्रमर टेलर हकिन्सको गत मार्चमा निधन भएपश्चातको पहिलो कन्सर्टमा फू- फाइटर्सका फ्रन्टम्यान डेभ ग्रोहल भावुक बनेका छन् । कन्सर्टमा उनले आँशु थाम्न सकिरहेका थिएनन् । यसअघि ग्रोहलले हकिन्स आफ्नो प्रिय मित्र, ब्यान्डका सदस्य र भाइ रहेको बताएका थिए । हकिन्सले जस्तो आफूलाई कसैले हसाउन, नचाउन र गाउन लगाउन नसक्ने उनको भनाई थियो । हकिन्सको सम्मानमा लण्डनको वेम्बले स्टेडियमा आयोजना गरिएको विभिन्न स्टारहरु सम्मिलित कन्सर्टमा उनले सो कुरा बताइरहेका थिए ।

    हकिन्स गत मार्चमा कोलम्बिायको बोगोटामा हुने कन्सर्टअघि आफ्नो होटलको कोठामा मृत भेटिएका थिए l उनले ५० वर्षको उमेरमा  मृत्यु हुनुको कारण उनको शरीरमा १० वटा विभिन्न प्रकारका लागु औषधको कणहरु फेला परेका थिए । अनुसन्धानकर्ताहरुले लागु औषधकै कारण उनको मृत्यु भएको कुरा  खुलाएनन् । शनिबार आयोजना गरिएको कन्टसर्टमा सर पाउल मकार्टनी, क्वीन, एसीडीसी, लियाम गालागर लगायत रहेका थिए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय