काठमाडौं- ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् ।शुक्रबार साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित प्रतियोगितामा नया बानेश्वरको किष्ट कलेजकी सरिना महाराजन र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटका नरेश सुनाम फस्ट रनरअप घोषित भए भने गोल्डेन गेटकी मनिषा प्रधान र किष्ट कलेजका निरञ्जन पोखरेल सेकेन्ड रनरअप चुनिए । विजेताले ट्रफीका साथै विभिन्न पुरस्कार र अवसर प्राप्त गरे ।
