logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

क्यानडामा ‘घरजम’

क्यानडामा ‘घरजम’


  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडौं – क्यानडाको काल्गेरीमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ ।

    याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीको सहकार्यमा ग्लोब सिनेमा हलमा असोज ‌‌‌‌‌२ गते आइतबारका दिन प्रदर्शन हुन लागेको हो ।

    रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । सो बाट उठेको रकम मध्ये केही रकम याक्थुङ आपतकालिन राहत कोषमा जम्मा गर्ने निर्माता किशोर कुमार लिम्बूले बताए । मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

    फिल्ममा भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, लक्ष्मी योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय