logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बिरा कम्प्लेक्स न्युरोडमा पनि शुरु भयो अन्डर्ग्राउण्ड पसल हटाउने काम

बिरा कम्प्लेक्स न्युरोडमा पनि शुरु भयो अन्डर्ग्राउण्ड पसल हटाउने काम


  • सोमबार, भाद्र १३ २०७९

  • काठमाडौ | भदौ १३ गते सोमबार, बिरा कम्प्लेक्स न्युरोडमा पनि अन्डर्ग्राउण्ड पसल हटाउने काम महानगरले शुरु गरेको छ। बिहानै नगर प्रहरी उक्त कम्प्लेक्समा पुगेर सामान हटाउन शुरु गरेको छ। सामान हटाइएको बेला पसल संचालक र नगर प्रहरी बिच चर्काचर्की भएको छ्भने हेर्ने दर्शको भिड पनि त्यत्तिकै बढेको छ। अनाधिकृत संरचना हटाउने मेयर बालेन शाहको  अभियान अन्तर्गत आज बिरा कम्प्लेक्सको अन्डरग्राउण्ड खालि गर्न नगर पालिकाका प्रतिनिधि र नगर प्रहरीसहित त्यहाँ पुगेको हो । महानगरले ३५ दिने सूचना जारी गर्दै काठमाडौ नगरभित्र बनाएको अबैध संरचनाहरुलाई तीब्र गतिमा हटाउदै आएको छ। त्यसै गरेर नगरपालिकाले  नक्सा पास नगरी बनाएको विशाल बजार र काठमाडौ मललाई पनि अल्टिमेटम दिइसकेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय