logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वनस्थली-ढुंगेधारामा पनि चल्यो महानगरको डोजर

वनस्थली-ढुंगेधारामा पनि चल्यो महानगरको डोजर


  • शनिबार, भाद्र ११ २०७९

  • ११ भदौ, काठमाडौं – अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर-टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।

    शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

    महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको  स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

    महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए।

    महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।

    अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुन: आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।

     

     

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय