logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लमजुङका पर्यटकीय गाउँहरू सुनसान

लमजुङका पर्यटकीय गाउँहरू सुनसान


  • बुधबार, भाद्र ८ २०७९

  • वर्षाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छन् । पर्यटकीय गन्तव्यका लागि चिनिएको घले गाउँमा दुई महिनाअघि प्रति दिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनको दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँ वासी कामविहीन छन् ।

    असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका कार्यालय सचिव दीर्घ घले बताए । भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घले गाउँमा ४४ होमस्टे छन् । तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए l

    घले गाउँसँगै भुजुङ,  काउले पानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय