logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पुनमको गीतमा अस्मिताको स्वरमा ‘मैले फेर्ने सास’ सार्वजनिक

पुनमको गीतमा अस्मिताको स्वरमा ‘मैले फेर्ने सास’ सार्वजनिक


  • बिहिबार, चैत्र ३ २०७८

  • विगत केहि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गीतकार पूनम मोथेको शव्दमा ‘मैले फेर्ने सास’ बोलको गीत सार्वजनिक भएको छ । जसमा स्वर अस्मिता अधिकारीको छ भने संगीत राज कुमारको रहेको छ । नेपाली संगीत क्षेत्रमा गरेको लगानी अधिकांशको फिर्ता नहुने वर्तमान अवस्थालाई बुझ्दाबुझ्दै पनि नेपाल अनि नेपाली संगीत क्षेत्रको माया साथै यो क्षेत्रलाई केहि योगदान दिन सकियोस भन्ने हेतुले गीतकार पूनमले आफ्नै लगानीमा निरन्तर गीतहरु निकाल्दै आईरहनुभएको छ ।

     

     

    अमेरिकामा बसोबास गर्दै आईरहनुभएकी गीतकार पूनम मोथेले यसअघि पनि सयौँ जुनि , पहिलो माया , झुठो रैछ तिम्रो माया , जान्न आमा परदेशमा लगायतका गीतहरु बजारमा ल्याईसक्नुभएको छ । जसमा पहिलो माया, सयौँ जुनि लगायतका गीतहरु हिट पनि भएका छन् । आफ्नै युट्युब च्यानल पूनम मोथे अफिसियलबाट आफ्ना गीतहरु सार्वजनिक गर्दै आईरहनु भएकी पूनमले प्रस्तुत गीत ‘मैले फेर्ने सास’ पनि सोही च्यानलबाट सार्वजनिक गर्नु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय