logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु


  • सोमबार, भाद्र ७ २०७८

  • काठमाडौं,७ भदौ । एक महीनाअघि भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली एक युवतीको उपचारको क्रममा निधन भएको छ ।

    गत जुलाई २२ मा २२ वर्षीय कालु परियालाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलले ठक्कर दिएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

    उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको थियो । ती युवती कामको लागि मुम्बई पुगेकी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय