logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण


  • आइतबार, साउन २४ २०७८

  • काठमाडौं २४,साउन । माल्कोमको निर्णायक गोलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जितेको छ ।

    शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो ।

    ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

    निसान स्टेडियममा भएको खेलको ३८औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो ।

    तर पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।

    ६१औं मिनेटमा ओयार्जाबलले स्पेनका लागि बराबरी गोल फर्काए ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ ब्राजिलका माल्कोम नायक बने । उनले १०८औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाए ।

    ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले सन् २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय