logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेशनै नगरी एमाले बैठक स्थगित

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेशनै नगरी एमाले बैठक स्थगित


  • शनिबार, साउन १६ २०७८

  • एमाले स्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।

    बैठक सुरु हुनासाथ ओलीले विघटित कार्यदलमा भएको प्रगतिबारे जिज्ञासा राखेका थिए । शनिबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विघटित कार्यदलका सदस्यहरूसँग भएको छलफलबारे ओली पक्षीय संयोजक सुवास नेम्वाङले जानकारी गराएका थिए । नेम्वाङले कार्यदलमा छलफल सकारात्मक भएको र भीम रावलसहितका नेताहरू नेपाललाई भेट्न कोटेश्वर गएको भन्दै पार्टी एकताका लागि बैठक सार्न सुझाब दिएका थिए ।

    नेम्वाङको ब्रिफिङपछि ओलीले बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गराएका छन् । नेम्वाङले भने ‘मैले विघटित कार्यदलमा भएको सहमतिबारे बैठकमा जानकारी गराएँ । कार्यदलमा भएको छलफल र नेताहरू नेपालनिवास गएको विषय राखेपछि बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ’।


    सम्बन्धित समाचार थप

    लोकप्रिय