logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा

कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा


  • शुक्रबार, साउन १५ २०७८

  • काठमाडौं १५,साउन। अमेरिकी राष्ट्रपति जोइ बिडेनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बिडेनले सो आह्वान गरेका हुन् ।

    उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

    अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जोइ बिडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

    यसैबीच बिडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् ।बिडेनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय