logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही


  • बुधबार, साउन १३ २०७८

  • काठमाडौं १२, साउन । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन्।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ’।

    कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही वहाकै गाउँपालिकास्थित घरमै आराम गरिरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँले आफू विरामी भएको बताउनु भएको छ’।

    शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

    आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय