logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति


  • बिहिबार, बैशाख १६ २०७८

  • काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् ।

    वायुसेवा संचालक संघ -आयोनका कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ ।

    बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट भएको अनुगमनमा स्वास्थ्य प्रोटोकल पालना भएको पाइएको भन्दै आयोनले सो समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समेत स्थलगत अनुगमन भएको बताएको छ ।

    यी दुई अनुगमनपछि यात्रुलाई अझ बढी व्यवस्थापनसहित सेवा दिन निर्देशन प्राप्त भएको आयानको भनाइ छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन्सअनुसार तयार भएको स्वास्थ्य प्रोटोकल अनुसार नै सेवा दिइएको छ ।

    आगामी दिनमा आजको कमजोरी अझ बढी सुधार गर्दै लैजाने प्रतिवद्धता समेत संचालकले गरेका छन् । कोरोना महामारीमा सबैभन्दा सुरक्षित यातायातको साधन भएकाले आन्तरिक उडानलाई भने स्वास्थ्य मापदण्ड पालना गरी निरन्तरता दिनुपर्ने तर्क उनीहरुको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय