logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने


  • सोमबार, बैशाख ६ २०७८

  • काठमाडौं,६ वैशाख । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ ।

    बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

    नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।

    एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

    यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् ।

    यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय