logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नयाँ बसपार्कको होटलमा युवकको शव भेटियो, दुई जना पक्राउ

नयाँ बसपार्कको होटलमा युवकको शव भेटियो, दुई जना पक्राउ


  • आइतबार, चैत्र २९ २०७७

  • काठमाडौं,२९ चैत। काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।

    शनिबार राति १० बजे होटलको २०४ नम्बर कोठामा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए।

    मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । तर, होटलमा बस्दा उनले आफूलाई राजु क्षेत्रीको रुपमा चिनाएका थिए ।

    मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । मृत्युको थप कारण पोष्टमाेर्टमपछि मात्रै थाहा हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । शव पोष्टमाेर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

    घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

    गाहा आरुबारी र बस्नेत सुनवलबाट पक्राउ गरेका हुन् । प्रारम्भिक सोधपुछमा दुवैजनाको बयान बाझिएको छ । त्यसैले प्रहरीले घटनालाई शंकास्पद मानेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय