logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ओरालाेतिर सुनको भाउ

ओरालाेतिर सुनको भाउ


  • शुक्रबार, मंसिर १२ २०७७

  • काठमाडौं, १२ मंसिर। सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँ थियो ।

    यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारकालागि ११ सय ६५ रुपैयाँ तोकिएको छ ।

    कोभिड खोपको प्रावकारिता बढेका समाचारहरुसँगै अन्तर्राष्ट्रिय बजारमा बढेको आत्मबलले सुनको मूल्य पछिल्लो एक महिनादेखि ओरालो ट्रेण्डमा छ ।

    सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने गोल्ड प्राईसकाअनुसार पछिल्लो ३० दिनमा सुनको अन्तराष्ट्रिय मूल्य प्रतिऔंश ५६.९० डलरले घटेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय