logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति


  • बुधबार, मंसिर १० २०७७

  • काठमाडौं, १० मंसिर । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए ।

    स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले कति भन्ने खुलाइएको छैन ।

    मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने बताए ।

    अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ ।

    हाल सगरमाथाको उचाइ ८८४८ मिटर छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय