logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार महिनामा ३१५ फर्मलाई जरिवाना, २८ वटाको कारोबार रोक्का

चार महिनामा ३१५ फर्मलाई जरिवाना, २८ वटाको कारोबार रोक्का


  • आइतबार, मंसिर ७ २०७७

  • ७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ ।

    मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय १५ फर्मलाई जरिवाना गरिएको र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    जरिवानामा परेका र्फमहरुबाट एक करोड १८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । यस अवधिमा पाँच वटा फर्महरुलाई मुद्दा चलाइएको छ भने ६० लाख ५६ हजार रुपैयाँ बराबरको खान अयोग्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

    विभागले इलेक्ट्रोनिक्स सामान, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी, मासु, तरकारी, मदिरा, मिठाई, हार्डवेयर लगायतका पसलमा अनुगमन गरिएको विभागले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय