logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज

थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज


  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौँ । पछिल्लो २४ घन्टामा ८ सय ५३ जना कोरोना संक्रमण संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ ।

    मंगलबार नेपालमा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय २० जना रहेका छन् ।

    काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

    यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय