logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय


  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएकोमा अब सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय भएको बताइएको छ ।

    सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

    बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिनुभयो । यसैगरी बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय