logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पैँचोमा मल दिन बंगलादेशको आनाकानी ः पैसा हालेर ल्याउने सरकारको तयारी

पैँचोमा मल दिन बंगलादेशको आनाकानी ः पैसा हालेर ल्याउने सरकारको तयारी


  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौं । बंगलादेशसँग पैँचो लिने भनिएको मल लामो समयसम्म पनि आइनपुग्दा अब भने सरकारले खरिद गर्ने निर्णय गरेको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो । नेपालमा मल अभाव भएपछि सरकारले यसअघि बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो ।

    सरकारले अब बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ । सकेसम्म सस्तोमा मल खरिद गर्ने नेपालको तयारी छ ।

    ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव हुने गरेको छ । यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय