logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सातवटै प्रदेशमा संकलन गरिएको नमुनाको परीक्षण तिहारअघि नै भइसक्ने

सातवटै प्रदेशमा संकलन गरिएको नमुनाको परीक्षण तिहारअघि नै भइसक्ने


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं । नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुना (एन्टिबडी)को परीक्षण सुरु भएको छ ।

    विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना (रगत) संकलन गरेको थियो । महाशाखाका निर्देशक डा. वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको दरले तीन हजार १५० जनाको दसैंअघि नै नमुना संकलन गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सातैवटा प्रदेशमा प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ । महाशाखाका अनुसार विदेशबाट आएको चार साता भएका र पाँच वर्षमाथिका उमेर समूहका व्यक्ति नमुना लिइएको जनाएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार तिहारअघि नै नमुना परीक्षण भइसक्ने बताउनुभएको छ । उहाँका अनुसार विश्व स्वास्थ्य संगठनले रि–एजेन्ट गत साताको अन्तिममा दिएको थियो अहिले परीक्षणको कार्य भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय