logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नुवाकोटमा देउसीभैलो खेल्न रोक

नुवाकोटमा देउसीभैलो खेल्न रोक


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं । कोरोना संक्रमण फैलन नदिन यस वर्षको तिहारमा नुवाकोटमा देउसीभैलो खेल्न नपाइने भएको छ । नुवाकोट जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।

    काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।

    निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

    नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १९ पुगेको छ । तीमध्ये २ सय ८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३ सय २२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय