logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज बस्ने भनिएको कंग्रेस केन्द्रीय समिति बैठक २७ गतेसम्मका लागि स्थगित

आज बस्ने भनिएको कंग्रेस केन्द्रीय समिति बैठक २७ गतेसम्मका लागि स्थगित


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन नसकेपछि स्थगित भएको हो ।

    सहमतिका लागि पछिल्लो केहि दिन यता लगातार छलफल भइरहे पनि निश्कर्ष निस्कन सकेको छैन । हिजो पनि देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आजका लागि बोलाइएको बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको हो यधपि विबाद भने केहि मथ्थर भएको छ ।

    पौडेल पक्षले आफूहरूले राखेका मागको सुनुवाइ नभए केन्द्रीय समिति बैठक चल्न नदिने भएपछि देउवाले सहमतिमा ल्याउन संवादलाई निरन्तरता दिँदै आउनुभएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय