logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तनहुँको मानहुँकोटमा जग्गा किनबेचमा रोक

तनहुँको मानहुँकोटमा जग्गा किनबेचमा रोक


  • आइतबार, कार्तिक २३ २०७७

  • दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेचमा रोक लगाइएको छ । आज मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले भोलीदेखि नै लागू हुने गरी जग्गा किनबेचमा राक लगाएका हो ।

    पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा किनबेच रोक्का गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ ।

    मानहुँकोट क्षेत्रका सार्वजनिक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गरिने र सार्वजनिक शौचालय निर्माण लगायतका अत्यावश्यक भौतिक संरचना निर्माणका लागि तत्काल रु २५ लाख बजेट विनियोजन भएको छ । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न सङघसंस्थासँग साझेदारीका लागि प्रस्ताव आह्वान गरिनेछ ।

    यही कात्तिक २५ गतेदेखि मानहुँकोट जाने पर्यटकलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको छ । मानहुँ क्षेत्रको दृश्यावलोकनका लागि सामान्यतया दैनिक रुपमा तीन सय पर्यटकलाई मात्र प्रवेश अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले रोटरी क्लवबाट प्राप्त पीसीआर उपकरणको सञ्चालनका लागि दातृ निकायसँग समन्वय गरी आवश्यक व्यवस्थ मिलाउने, वडागत सीमा हेरफेर अध्ययन समितिलाई आगामी बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने, किसानहरुको माग बमोजिम आलुको बीउ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय