logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

डुंगा सञ्चालनमा आएपछि फेवातालमा पर्यटकहरुको चहलपहल बढ्यो

डुंगा सञ्चालनमा आएपछि फेवातालमा पर्यटकहरुको चहलपहल बढ्यो


  • आइतबार, कार्तिक २३ २०७७

  • काठमाडौं । कोरोना संक्रमणको जोखिम र लामो समयसम्मको लकडाउनका कारण सात महिनादेखि बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।

    गत असोज दुई गतेदेखि सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको छ । कोरोना संक्रमणको जोखिम र लामो समयदेखिको लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

    असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको छ । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दैनिक दुई सयभन्दा बढी पर्यटकहरु आउन थालेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लकडाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक रहेको व्यवसायीले बताएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय