काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमण शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका एक हजार १६३ जना नेपाली कोरोना संक्रमणमुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउदी अरबमा थप एकजना नेपालीले संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म विदेशमा ४४ हजार ११३ जना नेपालीमा सङ्क्रमण देखिएको छ । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।