काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आफ्नै घरमा बिहान ४ बजे मृत्यु भएको हो ।
झाको कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ आएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो ।
यस्तै झापाकै अर्जुनधारा नगरपालिका ६ की ८१ वर्षीय महिलाको पनि आज बिहानै मृत्यु भएको छ । उनको घरमै मृत्यु भएको वडा अध्यक्ष लोकनाथ गौतमले जानकारी दिनुभयो ।
यस्तै भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको पनि गएराति मृत्यु भएको छ ।