logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्यमा सरकार

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्यमा सरकार


  • आइतबार, कार्तिक २३ २०७७

  • काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने जनाएको छ ।

    सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक आज बस्न लागेको छ ।

    खजको बैठकमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने र सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट हिजो दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यो सङ्ख्यासँगै निको हुनेको कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ४३५ छन् । हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा एक हजार १४४ जना क्वारेन्टाइनमा छन् भने आइसियुमा ३ सय ६५ र भेन्टिलेटरमा ७६ जनाको उपचार भैरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय