काठमाडौं । कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भोलीदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ ।
वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार यहाँका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएका हुन् ।
कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर जिल्लाका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्न लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कक्षा १२ को परीक्षा हुनु अगावै कक्षा ११ को परिक्षा लिइसक्नुपर्ने भएकाले कोरोनाको त्रासका बीचमा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको विभिन्न विद्यालयका प्रधानाध्यापकले जनाएका छन् ।
विद्यालयमा एउटा हेल्प डेस्क राखि अनिवार्य मास्क, सेनिटाइजर लगाउन लगाइ सामाजिक दुरी कायम गर्दै भोलीदेखि परीक्षा लिन लागिएको बेँसीशहर नगरपालिका–७ मा रहेको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताउनु भयो ।