logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रहस्यको चौघेरामा चामल प्रकरण प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री

रहस्यको चौघेरामा चामल प्रकरण प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री


  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौँ । शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९ रुपैयाँ सस्तोमा बिल काटेको भेटिएपछि घाटाको व्यापारभित्रको रहस्य अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

    ढुवानी सेवाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट जापानी चामल प्रतिकेजी ५१ रुपैयाँ ५० पैसामा खरिद गरेको थियो । दुर्गा भगवती इन्टरप्राइजेजले भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाएको बिलमा भने प्रतिकेजी ४२ रुपैयाँ उल्लेख छ ।

    दुर्गा भवानी र शर्मा ढुवानीका मालिक एउटै व्यक्ति ९वासुदेव शर्मा० हुन् । मुगुको कालै बिक्री केन्द्रका लागि कम्पनीबाट उठाइएको चामल भक्तपुर पठाउने क्रममा सुर्खेत प्रहरीले कात्तिक १३ मा सुब्बाकुना चेकपोस्टबाट नियन्त्रणमा लिएको थियो । सुर्खेत प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले भक्तपुर प्रहरीको सहयोगमा अजय खाद्यान्नमाथि पनि अनुसन्धान भइरहेको छ ।

    शर्मा ढुवानी सेवाले असोज २३ देखि २६ सम्म कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट १ हजार क्विन्टल जापानी चामल र कात्तिक ५ मा १ सय क्विन्टल अरुवा मोटो चामल उठाएको थियो । त्योमध्ये भक्तपुर पठाउने क्रममा २ सय ५० क्विन्टल नियन्त्रणमा लिइएको छ भने करिब ६० क्विन्टल शर्माको वीरेन्द्रनगरस्थित गोदाममा र ६० क्विन्टल कालै बिक्री केन्द्रमा छ । बाँकी ७ सय ३० क्विन्टल चामल कहाँ छ भन्नेमा प्रहरी अनुसन्धान निचोडमा पुग्न सकेको छैन ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शर्माले आफ्नो गोदाममा रहेको गत वर्षको मौज्दात चामल सस्तो मूल्यमा पठाउन लागिएको बयान प्रहरीलाई दिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय