logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चितवन बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी चयन

चितवन बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी चयन


  • शनिबार, कार्तिक २२ २०७७

  • चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी चयन हुनुभएको छ ।

    गए राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा भयन हुनुभएको हो ।

    उहाँले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गरेका थिए ।

    सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय