काठमाडौं । नेपाली कांग्रेस शीर्ष नेताको आज बसेको बैठक पनि विनानिष्कर्ष टुङ्गिएका छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।
बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए । सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको बताइएको छ ।
कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।