logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौैं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । उनलाई आज बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

    बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।

    थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताउनु भयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय