logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजको नेकपा सचिवालयको अनौपचारिक बैठकले के निष्कर्ष निकाल्योत ?

आजको नेकपा सचिवालयको अनौपचारिक बैठकले के निष्कर्ष निकाल्योत ?


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । नेकपा सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको सचिवालयको बैठकले अर्का अध्यक्ष ओलीसँग सामूहिक भेटेर बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भएपनि एकतालाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने नेताहरुबीच सहमति भएको उहाँले बताउनु भयो ।

    बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी हुनु भएको थियो ।

    तर, प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने अनुपस्थित हुनुहुन्थ्यो ।

    हिजो अर्का अध्यक्ष ओलीसँगको छलफलमा दाहालले जानकारी दिएर नै सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय