logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

तीनदिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष फर्किए स्वदेश

तीनदिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष फर्किए स्वदेश


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभाणे आज अपरान्ह नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बुधबार नेपालको भ्रमणमा आएका उनी आज स्वदेश फर्किएका हुन् ।

    स्वदेश फर्किने क्रममा उनलाई नारायणहिटीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकप्टरमा लगिएको थियो । उनलाई लैनचौरस्थित भारतीय दूतावासबाट नारायणहिटी लगेर हेलिकप्टर चढाइएको थियो ।

    विमानस्थलबाहिर उनको विरोधमा नाराबाजी भइरहेको सूचना पाएपछि उनलाई हेलिकप्टरमार्फत विमानस्थल लगिएको हो । हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको विषयमा उनले विवादास्पद अभिव्यक्ति दिएका थिए । स्वदेश फर्किनु अघि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने अिजो राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनाका मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय