logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कावासोती नगरपालिका एक साताका लागि बन्द

कावासोती नगरपालिका एक साताका लागि बन्द


  • शुक्रबार, कार्तिक २१ २०७७

  • नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ ।

    नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो ।

    आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भएपनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताउनुभयो । नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन् ।

    नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय