logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

वीर अस्पतालका चिकित्सकले आज पनि प्रदर्शन गर्दै

वीर अस्पतालका चिकित्सकले आज पनि प्रदर्शन गर्दै


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

    वैशाखदेखि नै समयमा तलब, भत्ता र पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरिरहेका स्वास्थ्यकर्मीले पछिल्लो चार दिनदेखि एक घन्टे विरोध प्रदर्शन जारी राखेका छन् ।

    आजपनि बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म प्लेकार्डसहित हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिनुभएको छ । आफुहरुका माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभएको छ ।

    पर्याप्त सुरक्षा सामग्री नभएकै कारण अस्पतालमा कार्यरत दुई सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको उनीहरूले बताएका छन् । अस्पतालमा कार्यरत एक हजार पाँच सय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय