logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

लुम्बिनी विकास बैंकको १५.४५५ प्रतिशतले नाफा आर्जन

लुम्बिनी विकास बैंकको १५.४५५ प्रतिशतले नाफा आर्जन


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १५.४५५ धेरै हो । अघिल्लो वर्ष यस बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असोजसम्म बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ ।

    यता, लुम्बिनीको खुद ब्याज आम्दानी भने २३५ ले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५.३४५ ले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यस बैंकले १३ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

    चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २५ बाट बढेर २.३६५ भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय