logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अमेरिकी राष्ट्रपति चुनावः बाइडेन विजयी हुने सम्भावना बलियो

अमेरिकी राष्ट्रपति चुनावः बाइडेन विजयी हुने सम्भावना बलियो


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । अमेरिकीे राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ । अहिलेसम्म आगामी चारवर्षे नेतृत्व कसको हातमा जाने स्पष्ट निर्धारण भैसकेको छैन् ।

    जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका छन् तर हरेक मतको गणना नहुन्जेल स्थिति अझै धरापमानै रहेको विश्लेषण गरिएको छ ।

    ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि चाहिने २ सय ७० इलेक्टोरल भोट मध्ये बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन् ।

    बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन् भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन् । बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित जितको नजिक छन् भने राष्ट्रपति ट्रम्प २ सय १४ इलेक्टोरल भोटसहित पछ्याइरहेका छन् ।

    राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियान टोलीले केही राज्यको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन् । समाचार संस्था एपीका अनुसार ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको दाबी गर्दै पेन्सलभेनिया, मिसिगन र जर्जियामा मतगणना स्थगित गर्नुपर्ने माग गर्दै रिट दायर गरेको हो । राष्ट्रपतिमा निर्वाचित हुन यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न जरुरी देखिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय