logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खाडीका मुलुकबाट आउन थाल्यो नेपाली कामदारको माग

खाडीका मुलुकबाट आउन थाल्यो नेपाली कामदारको माग


  • बिहिबार, कार्तिक २० २०७७

  • काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।
    नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश साउदी, ओमान, यूएई, बहराइन तथा केही यूरोपका देशहरुबाट समेत कोरोना महामारीकै समयमा पनि नेपाली कामदार लिन सक्ने जानकारी रोजगारदाताले गराएको र ठूलो परिमाणमा माग आएको भन्दै संघले तत्काल मागपत्र प्रमाणीकरण खुलाउन माग गरेको हो ।

    रोजगारदाता नेपाली श्रमिक लिन इच्छुक भएर मागपत्र प्राप्त भए पनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्ने खतरा भएको संघको भनाइ छ । संघले आएको माग गुम्न नदिन भन्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम राया समक्ष मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।

    अहिले ओमान, बहराइन, साउदीजस्ता देशमा विस्तारै आर्थिक गतिविधि सञ्चालन हुन थालेको र त्यहाँबाट कामको माग आउन थालेको संघले जनाएको छ ।

    कोरोनाको कारण गएको फागुन अन्तिमदेखि नै वैदेशिक रोजगारी बन्द रहेको थियो । सरकारले भदौ १४ देखि पूर्ण रुपमा खुलाएको छ । तर खाडी राष्ट्रमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका काम भने सुरु नगरेको जनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय