logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला


  • बिहिबार, कार्तिक २० २०७७

  • काठमाडौँ । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल गएराति मृतावस्थामा फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।दुवै जनाको शव गएराति आठ बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

    प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय